1481508395prabhu-ad-small-dec.gif
Advertisement

एक – दुई एल्बम असफल हुँदैमा हारिनँ, छोडिन्न लोक संगीत : गणेश न्यौपाने

मनोरन्जन   |   Monday, 7th November 2016, 06:48 PM   |  
1478524233Lok-3.jpg
सदावहार संवाददाता

२२ कात्तिक, काठमाडौं । ‘लोकगीत भन्ने बित्तिकै गाउँ–समाज वा लोक भाकालाई बुझिन्छ । गाउँ–समाजका मानिसले तुनेका, बुनेका र लय हालेका शब्द नै लोकगीत हो । लोक गायक वा संकलकले ती शब्द र लयलाई नयाँ पन दिने हो,’ लोक गीतबारे गणेश न्यौपाने भन्छन्, ‘मेरो सफलताको रहस्य निरन्रता भनौं, मैले लोक संगीत लाई निरन्तर माया गरि रहें ।’


गणेश न्यौपाने धनकुटाका हुन् । बाल्य कालमा धनकुटा जिल्लाको भेडेटार गा वि स – ९ मुक्तिन गाउँमा गाई गोठालो गर्दा न्यौपानेले लोक भाकाप्रति आकर्षित भए । मेलापात, दाउरा–घाँस गर्नेले गाएको भाकाले उनलाई छुन्थ्यो । उनले त्यसलाई टिपि हाल्थे । पछि २०३९ सालमा काठमाडौं आए । ट्रेकिङ जाँदा पर्यटकलाई लोकगीत सुनाउन थाले । पर्यटक सँगै अन्य धेरै साथीले उनलाई गाउन हौसला दिन्थे । आफूले चिनेकै सहकर्मी साथीहरुले लोक गीतका एल्बम निकाल्थे । यो देख्दा न्यौपानेमा पनि एल्बम निकाल्ने सोच आयो । उनले पहिलो एल्बम निकाले, झुमके–सल फिरिरी, जसलाई रञ्जना क्यासेट सेन्टरले बजारमा ल्याएको थियो । यो एल्बम खासै चलेन । हरेश नखाई दोस्रो एल्बम निकाले– शीतको थोपा । यो पनि चलेन । फेरि पनि हरेश नखाई अर्को एल्बम निकाले– धनकुटा डाँडाबजार । जसमा लेखन र गायन न्यौपानेकै थियो । यस एल्बमका गीत धनकुटा डाँडाबजार र कञ्चनजंघा शिरबोलको गीतले गणेश न्यौपाने लाई सांगीतिक क्षेत्रमा चिनायो ।


थुप्रै पूर्वेली लोक गायक बीच एक परिचित नाम हो गणेश न्यौपाने, जसले थुप्रै पूवेली लोक भाका गाएका छन् । उनले गायका लैलैमा कान्छी, ढाकाटोपी शिरैमा, हेरन कान्छी हेरन, धनकुटा भोजपुर जस्ता गीत चर्चित छन् । धनकुटा डाँडाबजार वोलको गीत बाहेक सबै गीतमा उनी आफैंले गाएका छन् । यी लोक गीत ठेट नेपाली भाषामा संक्लन गरिएका छन् । लोकगीत संकलन गर्न उनी गाउँ–गाउँ जाने गर्छन् ।
उनी भन्छन्, ‘मलाई कुनै खास समय चाहिँदैन, जति बेला फुर्छ, त्यति बेला गीत लेखन वा संक्लन गरिहाल्छु । तर बिहान वा बेलुका एक घन्टा रियाज गर्ने गर्छु ।’ उनले केही पुरस्कार र लोक गीत का अवार्ड पनि पाएका छन् । धनकुटा डाँडाबजार एल्बम को बी साइडमा रहेको कञ्चनजंघा शिरबोलको गीतबाट उनले १०औं सर्वोत्कृष्ट लोक गीत इमेज टुबोर्ग अवार्ड २०६५ हासिल गरे । उनी भन्छन्, ‘अवार्ड पाउँछु भन्ने कल्पना पनि गरेको थिइनँ । अवार्ड पछि सबैले बधाई दिए, झनै हौसला बढ्यो । नयाँ–नयाँगीत संक्लनमा लागि रहें ।’
त्यस पछि उनले अर्को एल्बम बजार मा ल्याए– लैलैमा कान्छी । यसमा पूर्वेली भाकामा माया–पिरतीका कुरा समेटिएका छन् । यो एल्बमले पनि राम्रै चर्चा पायो । यही सफलताको शृंखलामा उनले अर्को एल्बम निकाले – यानीमाया, २०६७ सालमा । यानीमाया पूर्वेली भाकाको मारुनी गीत हो । यही गीतले उनलाई १२औं सर्वोत्कृष्ट लोक गीत इमेज टुर्बोग अर्वाड २०६७ दिलायो । यस पछि त उनलाई गीत–संगीतको लतनै लाग्यो । त्यस्तै २०६८ उनले अर्को एल्बम बजारमा ल्याए– ढाकाटोपी शिरैमा । यसले फेरि उनलाई १३औं सर्वोत्कृष्ट लोक गीत इमेज अवार्ड २०६८ दिलायो ।

२०६९ माउनले अर्को एल्बम निकाले, निष्ठुरी मायालुलाई । यो एल्बमको गीत पनि विन्दवासिनी म्युजिक अवार्ड – २०६९ सर्वोत्कृष्ट लोक गीत विधामा टप– ५ मा पर्न सफलभयो । त्यस पछि उनले २०७० सालमा धनकुटा भोजपुर एल्बम बजारमा ल्याए । यो एल्बमको शीर्षभाकाको गीतले उनलाई फेरि १५औं सर्वोत्कृष्ट लोक गीत इमेज अवार्ड दिलायो । न्यौपानका गीतमा ठेट लोक भाका पाइन्छ । जसले श्रोतालाई छुन्छ । श्रोतालाई छुने गीत गाएकाले उनका यत्तिका गीतले अवार्ड पाएका हुन् । उनले लोक गीत बाहेक चाड वाडका बेलामा गाइने देउसी गीत पनि गाएका छन् । उनले गाएका देउसी गीत पनि त्यत्तिकै चर्चित छन् ।
उनका सवै लोक गीतको भिडियो पनि बनेका छन्, जसमा नेपालीप नझल्कने पोसाकमा कलाकार हुन्छन् । न्यौपाने सक्षम पर्यटन व्यवसायी पनि हुन् । यो व्यवसाय माउनले ३० वर्ष बिताइ सकेका छन् । पर्यटन र संगीत क्षेत्र दुवैलाई मायागर्ने उनी बताउँछन् ।
लोक गीत काएल्बम निकाल्न म्युजिक कम्पनी आवश्यक हुन्छ । सुरुमा एल्बम निकाल्न दुःख पाएकाउनले २०६७ साल माआफ्नै कम्पनी हिमाली क्रियसन खोले । त्यही मार्फत एल्बम निकालि रहे । आगामी दिनमा पनि एल्बम निकालि रहने उनको योजना छ । उनको नयाँ एल्बम चाँडै बजारमा आउँदैछ । जसमा एउटा विवाह को गीत दुइटा पूर्वेली भाकाका लोक लीत र एउटा दुखान्त लोक आधुनिक रहन्छ  ।
जय गीत संगीत, जय पर्यटन, जय नेपाल

 


14787793132067-awardrec-copy.JPG
147877931315thannualtuborgstageimageaward2070ganesh-Neupane-2013.jpg
1478779313IMG8629-copy.JPG

Advertisement
Advertisement
Advertisement

जनजातिले क्षेत्री–बाहुनलाई यसरी पनि हेरौँ कि !

1465727105janjati.jpg मेरो घरभन्दा एक घर माथि खतिवडा बाहुनको घर छ, जसलाई हामी डाँडाघरे बाजे भन्छौँ । डाँडाघरे बाजे र हामी मंसिरमा बराबरी...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा अधिकारी र यादवको करोडौं कमिसन खेल

1481456699Main-news.jpg २६ मंसिर, काठमाडौं । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा ठूलो आर्थिक अनियमितता र...

खस क्षत्री–बाहुनका यी कुरा अरू जातिले पनि सुनुन् ........

1468056254Raghu-mainali.jpg   राणाकालमा ठेक्का थितिअनुसार ३० रुपियाँ उठ्ती हुने ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई ‘सुब्बा’को दर्जा र...

यसरी टुंगो लगायो कांग्रेस–माओवादीले मन्त्रीको सूची

1468649128Puspakamal-Dahal.jpg देउवा निकट मानिने र भारतसँग पनि ‘माधूर्य’ सम्बन्ध बनाउन सफल मधेसी अनुहार बिमलेन्द्र निधिले सुरुमा उपप्रधान...

यिनै हुन् चटपटे बेच्नेसँग पनि घुस असुल्ने प्रहरी निरीक्षक

1481526823madhu-nepal.jpg  २७ मंसिर,चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा कार्यरत प्रहरी निरीक्षक मधु नेपालको असुलीले यस...

ओलीमाथि लगाए कांग्रेस वरिष्ठ नेता अर्जुननरसिंह केसीले यस्ता संगीन आरोप

1469358729Arjun-narsing-kc.jpg  अर्जुननरसिंह के.सी. ‘तिमीले मसँग झुटो बोल्यौ भनेर म दुःखी छैन । म यसकारण दुःखी छु कि म अब तिमीलाई विश्वास गर्न...

अरुण काबेलीको शेयर खरिद गर्ने सोचमा त हुनुहुन्न ? विचार गर्नुस् है ! प्राविधिक र वित्तीय अवस्था अत्यन्तै खराब भएको इक्रा नेपालको दावी

1477406869Arun-kabeli.JPG ९ कात्तिक, काठमाडौं । कतै तपाईं आईपीओ शेयर खरिद गर्न हतारिनु भएको त छैन ? हौसिएर आईपीओ शेयर निष्काशन हुने वित्तिकै...

माघदेखि आफ्नै खाताबाट शेयर किनबेच गर्न यी बैंकमा खाता खोल्ने हो कि ?

1481697491nepa-stock.jpg मङ्सिर २८, काठमाडौं । नेपाल धितोपत्र बोर्डले माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको ‘आस्बा’ "एप्लिकेशन...

हिन्दूहरू कहिल्यै हार्दैनन्

1444113321Premkaidi.jpg   म तपाईं जस्ता देशभक्त राजालाई हार्दिक स्वागत गर्न उचित ठान्छु, माओले भने म लोननोल जस्ता जनताको छोरा भन्ने तर...
Advertisement